
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोमा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोबाट १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर जीवन गुमाउनेको संखया आज बिहानसम्म ७८ पुगेको छ । बाढीपहिरोमा ५ जना बेपत्ता भएका छन् । ९० जना घाइते भएका छन् ।
बाढीपहिरोका कारण ३ सय ८१ पशु चौपायको मरेका छन् । ९८ गोठमा क्षति भएको छ । ८ सय ९५ घर विस्थापित भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ । ४१ वटा पुल बगाएको छ । एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण