
कैलाली। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।
केन्द्रमा काग्रेस र एमालेबीच सरकार गठनका लागि सहकार्यको सहमति भइसकेपछि यहाँ पनि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ ।
सोडारी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “ “बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि काम सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण