
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको छ ।
राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित समारोहमा महोत्सवको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा राष्ट्रपतिले भगवान् जगन्नाथको पूजाअर्चना गर्नुभएको थियो ।
इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले जानकारी दिनुभएको छ।
आजका दिन नेपाल लगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उहाँले सुनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण