
भक्तपुर । मध्यपुरथिमी नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण गरी सम्पदा पदमार्ग निर्माण गर्ने भएको छ ।
आज रफत सञ्चार क्लब भक्तपुरले यहाँ आयोजना गरेको नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तरसंवादमा बोल्दै मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको सङ्ग्रहालय बनाउने जानकारी दिनुभएको छ ।
उहाँले शङ्खधर चोकदेखि बालकुमारी हुँदै मध्यपुरथिमीभित्र सम्पदा क्षेत्र घोषणा गरी भौतिक संरचना निर्माण तीव्र बनाएको बताउनुभयो । थिमिको लायकु दरबारस्थित विद्यालयलाई स्थानान्तरण गरेर पुरानो स्वरूपमा पुनःस्थापित गर्ने र पहिरोको जोखिममा रहेको प्रसिद्ध नील बाराही मन्दिर २४ करोड रुपैयाँ लागतमा संरक्षण शुरु गरिएको उहाँको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो– ‘नगर सौन्दर्यकरण योजनाअन्तर्गत राधेराधेदेखि मनोहरा खोलासम्म रु एक करोडको लागतमा फराकिलो पेटी र सार्वजनिक शौचालय निर्माण लगायत खाली जग्गामा स–साना विश्रामस्थल निर्माण गरेका छौँ ।’
प्रमुख श्रेष्ठले थिमिमा रात्रिकालीन पर्यटन विकासका लागि सम्पदा क्षेत्रलगायत पर्यटकीयस्थलमा अत्याधुनिक सडक बत्तीको व्यवस्था गरिने, पुरानो थिमीदेखि एसओएससम्म नौ सय १६ किलोमिटर सडकमा बत्ती राखिने जानकारी दिनुभयो । उहाँले नगरभित्रका ६० देखि ७० वर्षका ज्येष्ठ उमेर समूह, अपाङ्ग, अशक्त, दलित र एकल महिला गरी २० हजार नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइने बताउनुभयो ।
नगरको नौवटै वडाको शहरी स्वास्थ्य क्लिनिकमा ज्येष्ठ नागरिक, गर्भवतीका लागि घरदैलोमै सुविधायुक्त अल्ट्रासाउन्ड र ल्याब टेस्ट सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ । आउँदो दशैँसम्म नगरको केन्द्रीय प्रशासनिक भवन शिलान्यास गर्ने, सङ्घीय सरकारबाट दुई सय शैय्याको अस्पतालको स्वीकृति लिइ नर्सिङ शिक्षा सञ्चालन गरिने उहाँको भनाइ छ ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकामा सञ्चालित कमरोटार, दिव्यश्वरी, मनोहरा, राधेराधे जग्गा एकीकरण आयोजनालाई वैज्ञानिक र व्यावहारिक ढङ्गबाट सम्पन्न गर्ने, नक्सा पास नभई रोक्का क्षेत्रमा बनाइएको घरको रोक्का फुकुवा गरी करिब तीन हजार घरको नक्सा पास गरिने र नगरको सार्वजनिक जग्गा संरक्षण गर्नेतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले आगामी कात्तिक महिनामा राधेराधे र दिव्यश्वरीमा थिमी महोत्सव आयोजना गरिने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन