
खोटाङ । दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका सहाराविहीन दुईजनाको उद्धार गरिएको छ ।
शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडकपेटीमा जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानवसेवा आश्रम विराटनगर पठाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानवसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
अन्दाजी ३०÷३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि बस्दै आएका थिए । बोल्न नसक्ने भएकाले उहाँको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५÷४६ वर्षीया मानसिक समस्या भएकी महिलाको पनि उद्दार गरिएको छ ।
नगरप्रमुख तीर्थराज भट्टराईले बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानवमुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन