
बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकाशे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँमा व्यस्त छन् ।
दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिँचाइ सुविधा नभएर आकाशे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।’
जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताउनुभयो । जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उहाँले जानकारी दिनुभयो । ‘सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्त छन्’ कार्यालय प्रमुख चौधरीले भन्नुभयो ।
समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको केन्द्रले जनाएको छ ।
जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।
बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ । पछिल्लो कृषि गणनानुसार यहाँ ५ हजार २ सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । यसअघि ९ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै