
जुम्ला । तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि निर्माणाधीन मोटरेबल ‘स्टिल ट्रस’को काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण नहँुदा सो गाउँपालिका–६, ७, ८ र ९ सडक सञ्जालमा जोडिएका थिएनन् ।
पुल निर्माणपछि त्यो वडामा सवारीसाधनको पहुँच पुग्ने भएका छन् । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । अब पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले जानकारी दिनुभयो ।
पुल निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलमाथि ढलान हुन बाँकी छ । अबको ६ महिनाभित्र स्टिल ट्रस पुल निर्माण सम्पन्न भई सञ्चालनमा आउने ठेक्का लिएको निर्माण कम्पनी हीराचन्द अञ्जना खड्का जेभी जुम्लाका प्रबन्धक सुनम खड्काले जानकारी दिनुभयो ।
विसं २०७८ मा जुम्ला सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
सङ्घीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड रुपैयाँ लागतमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले बताउनुभयो । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइको छ । पुल चाँडै सञ्चालनमा आउनेगरी निर्माण कम्पनीले काम गरिएको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबै विकासे योजनालाई तीव्रगतिमा अनुगमन तथा मूल्याङ्कन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
तिला नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी, ससाना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज हुने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले बताउनुभयो । गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था छ ।
अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत हुने तिला–९ का स्थानीयवासी समिर रावतले बताउनुभयो । गाउँपालिका ती वडा भौगेलिक रूपमा विकट मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन