
काठमाडौँ। कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेश चलिरहेको थियो । देशभरबाट आएका नेता तथा कार्यकर्ताले प्रज्ञाप्रतिष्ठान परिसर भरिएको थियो ।
प्रतिष्ठानको मुख्यहलमा सो पार्टीको नयाँ पदाधिकारीका चयनका लागि रस्साकस्सी चलिरहेका बेलामा बाहिर भने सुदूरपश्चिम प्रदेशको लोकभाका देउडा घन्किरहेको थियो । देउडाको भाकामा प्रतिनिधिहरु गोलबद्ध भएर नाच्न थालेपछि रमाइलो मान्दै हेर्नेहरु पनि झुमिएका थिए ।
पार्टी पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिले एकैछिन भए पनि देउडामा रमाइलो गाए र नाचे । सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकारले देउडा खेलेपछि प्रज्ञाप्रतिष्ठानको प्राङ्गण रमणीय बन्यो । देउडाको गीतमा सबै झम्न थालेपछि प्रतिष्ठानमा महोत्सव चलेजस्तै देखिएको थियो । गीतारु (गीत हाल्ने अर्थात् देउडिया)रुले सवाल–जवाफमा देउडा सुरु गरेपछि निकै रमाइलो भएको एक नेताले बताउनुभयो ।
जुम्लाका जनकबहादुर अधिकारी, बाजुराका शीतलकामी विक र अछामका जीत निशानीले नेतृत्व गर्दै राजनीतिक र समसामयिक विषयमा देउडामार्फत चर्चा गरे । देउडामा महिला तथा पुरुषको उल्लेखनीय सहभागिता थियो । पछिल्लो दुई दिन झरीपछि आज मौसम सफा भएको फाइदा उठाउँदै सुरु भएको देउडाले महाधिवेशनमा नयाँ रङ दिएको भान हुन्थ्यो । महाधिवेशनले आज पार्टी अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदमा भोलि टुङ्गो लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन