
चितवन । जिल्लामा विपदबाट २५ हजार ५ सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ ।
यस वर्ष मनसुनजन्य विपदबाट १ लाख २८ हजार ५ सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिनुभएको छ।
भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कानुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट ९ हजार ८ सय ६० परिवारका ५० हजार ९ सय ५० जना प्रभावित हुने देखिएको छ ।
भरतपुर महानगरपालिकामा ६ हजार ६ सय २५ परिवारका ३३ हजार १ सय ७५, माडी नगरपालिकाका ४ हजार १ सय ६१ परिवारका १९ हजार ७ सय ३०, रत्ननगर नगरपालिकाका २ हजार ३ सय ८१ परिवारका ११ हजार ९ सय ५ जना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकामा मनसुनका कारण १ हजार २ सय ५६ परिवारका ६ हजार २ सय ८०, कालिका नगरपालिकामा १ हजार ५ परिवारका ५ हजार २५ र खैरहनी नगरपालिकाका ३ सय परिवारका १ हजार ५ सयजना प्रभावित हुने योजनामा जनाइएको छ ।
बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाढीबाट भरतपुर–१६, १७, १८, २७, २८ र २९ तथा माडी–१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ ।
पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवं सुकुम्बासी बस्ती रहेको क्षेत्र, शहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ ।
जिल्लामा रहेका ठूला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।’ बाढी, डुबान, नदी कटानलगायत अन्य विपद्पश्चात् उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्र्न यो योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।
मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । उहाँका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ ।
क्षति पुग्ने ठाउँको आँकलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइराख्न पनि आग्रह गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै