
सुनसरी । धरान उपमहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयले परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ छात्र तथा छात्रालाई एक लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, द्वितीय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । उहाँले भन्नुभयो– ‘पढाइप्रति आकर्षित गर्न र प्रोत्साहनका लागि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।’
विद्यार्थीलाई दुव्र्यसनीविरुद्ध प्रशिक्षण
जिल्ला प्रहरी कार्यालय सुनसरी, फ्यान जिल्ला कार्यसम्पादन समिति सुनसरी र कोशी गाउँपालिकाको संयुक्त आयोजनामा कोशी गाउँपालिका–३ स्थित राष्ट्रिय मावि सोभनपुरमा विद्यार्थीलार्ई दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिइएको छ । विद्यार्थीलाई रचनात्मक कार्यमा अग्रसर गराउन प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
प्रहरीले चलाएको फ्यानअभियान समुदायको हितमा रहेको कोशी गाउँपालिका– ३ का वडाध्यक्ष सुलेमान अन्सारीले बताउनुभयो । सहभागी विद्यार्थीलाई प्रहरी नायब उपरीक्षक भण्डारी र रुमा रिजालले प्रशिक्षण दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै