
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आरजु देउवालाई पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिआइबीले बुधबार एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सिर्जना गरी अराजकता फैलाउने उद्देश्यले कपोलकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचाप्रति यस ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।”
अपराध अनुसन्धानसम्बन्धी प्रगति विवरण तथा व्यक्ति पक्राउ सम्बन्धमा भएगरेका सूचना यस ब्युरोले नेपाल प्रहरीले अवलम्बन गरेको मिडिया नीतिको अधीनमा रही सूचना अधिकारीमार्फत सूचना प्रेषित हुँदै आइरहेको जानकारी गराएको छ । सिआइबीले भनेको छ, “कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहीन समाचार प्रसारण तथा प्रकाशन नगरिदिनु हुन ब्युरो सम्पूर्ण सञ्चारकर्मीमा अनुरोध गर्दछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन