
दाङ । घोराही उपमहानगरपालिकाले कृषि व्यवसायमा आवद्ध किसानका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम गरेको छ ।
कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरेको छ । उपमहानगरपालिकाल नीति तथा कार्यक्रममै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर काम गरेको हो ।
कृषिबाट नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्ने लक्ष्य लिएको घोराहीमा अहिले यसको नतिजासमेत देखिन थालेको छ । कृषिका लागि आवश्यक पूवार्धार तयार पार्नेदेखि काम गर्ने वातावरण बनाउने काम पालिकाले गरेको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि व्यावसायिक रुपमा जोडिएका किसानलाई विभिन्न उपकरणसँगै बीउविजन अनुदानमा उपलब्ध गरेको छ । कृषि पेशा, व्यवसायबाट जीविकोपार्जन गर्दै आएका किसानलाई ती अनुदानका कार्यक्रमले सहज पनि बनाएको छ । उपमहानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखाले चालु आर्थिक वर्षमा आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत विभिन्न विषादी किसानलाई अनुदानमा विरण गरिएको छ ।
व्यावसायिक कृषि फार्म चलाएका १० किसानलाई एक/एक थान घाँस काट्ने विद्युतीय च्यापकटर, सात जनालाई एक÷एक पम्पसेट, १५ किसानलाई एक/एक थान मोटर र एक जनालाई एक थान कर्न सेलर ९मकै फोक्ने मेसिन० हस्तान्तरण गरिएको तथा ६ वटा अधुरा डिप बोरिङ निर्माण गरिएको उपमहानगरपालिकाका कृषि तथा पशुपक्षी व्यवसाय प्रबद्र्धन शाखा प्रमुख श्रीधर अधिकारी बताउनुहुन्छ । यस्तै २५ किसानलाई शीतभण्डारका लागि ५० प्रतिशत भाडा तिर्न अनुदान दिइएको छ । यस्तै ३५ किसानलाई व्यवसायमा जोड्न र उद्यमी बनाउन च्याउ खेतीसम्बन्धी तालिम दिइएको छ ।
प्रमुख अधिकारी किसान समूह र समितिलाई तरकारीको बीउ वितरण गरिएको बताउनुहुन्छ । अस्सी प्रतिशत अनुदानमा प्याजको बीउ प्रदान गरिएको छ । किसानको जीवनस्तरमा सुधार ल्याउन विभिन्न तालिमसमेत दिँदै आएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । धेरै जनशक्तिले गर्ने काम अहिले कृषि उपकरणको प्रयोगले क्षणभरमै गर्न सकिने भएको छ ।
शाखा प्रमुख अधिकारीका अनुसार ५० प्रतिशत अनुदानमा बाख्रा र भेडापालन गर्दै आएका १० परिवारलाई समूहमार्फत खोर निर्माणका लागि सहयोग गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण गर्न दुई पशुपालन समूहलाई तालिम प्रदान गरिएको छ । भेडाबाख्रा र बङ्गुरपालनसम्बन्धी तालिम दिइएको छ । पशु चिकित्सक टोलीले गोठमै पुगेर पशुको स्वास्थ्य परीक्षण, समस्या पहिचान र निदान गर्ने गरी डोर टू डोर कार्यक्रम गरेको छ । पालिकाभित्रका पशुपालक किसानको पशुमा देखिएको बाँझोपनको समस्या पहिचान गरी गोठमै पुगेर उपचार गर्ने कामबाट ५० फार्मले सेवा प्राप्त गरेका छन् ।
व्यावसायिक रुपमा पशुपालन गर्दै आएका एक सय ७५ किसानलार्ई जोखिम न्यूनीकरण गर्न जुनेटिक रोगसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएका युवालाई उनीहरुको मागको आधारमा विद्युतीय घाँस काट्ने मेसिन वितरण गरिएको छ । मुक्त कमलरीलाई आयआर्जन गर्न कुखुराका चल्ला वितरण गरिएको उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन