
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा शहीद स्मृति उद्यान निर्माण गरिएको छ । शहीद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।
सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताउनुभयो । उहाँका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिएको छ ।
अघिल्लो वर्षदेखि निर्माण शुरु भएको उद्यान चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको संयुक्त लगानीमा उद्यान निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा १५ लाख, चालु आवमा २० लाख र गाउँपालिकाले गत वर्ष २ लाख र चालु आवमा २ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
३९ लाख रुपैयाँबाट ३ सय ५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबार निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । शहीदको सम्मानसँगै पर्यटन प्रवर्द्धन गर्न उद्यानले टेवा पुर्याउने भन्दै उद्यान जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिएको उहाँको भनाइ छ ।
‘शहीदको स्मृतिमा यो उद्यान निर्माण गरेका हौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । उद्यानसँग पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका शहीदको सालिक उद्यानमा राखेका छौँ वडाध्यक्ष थापाले भन्नुभयो ।
उद्यानले गाउँको सुन्दरतालाई बढाएको भन्दै गत वर्ष चौतारा लगायत भौतिक संरचना निर्माण गरिएको थापाले जानकारी दिनुभएको छ । ‘उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राखेर यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ’ उहाँले भन्नुभयो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यहाँ उद्यान निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नम्बर १ मा शहीद उद्यान निर्माण गरिएको उहाँको भनाइ छ । काठेखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले पर्यटनसम्बन्धी संरचना थप्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन