
सुर्खेत । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ ।
वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनौँ ठाउँ छाडेर सुरक्षितस्थलतर्फ बस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले स्थानीयलाई आग्रह गरेको हो । सबैभन्दा बढी नलगाड नगरपालिकाका विभिन्न बस्ती बस्न योग्य नभएको भन्दै भूगर्भविद्ले सिफारिस गरेको आधारमा सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनुभयो । भेरी नगरपालिकाका अधिकांश स्थान बस्न योग्य नभएको भौगर्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।
भूकम्पमा सबैभन्दा बढी नलगाड–१ को चिउरी, पुवाडाँडा, नलगाड–२ को चैतेकाफल, रुमाली, अयाना, वडा नम्बर ४ को औलभारी बस्ती जोखिममा परेका भौगर्भिक अध्ययनले जनाएको नलगाड नगरप्रमुख डम्बर रावतले बताउनुभयो । उहाँका अनुसार भेरी–१ को मैदे, चौपानी, चौरलगायत ठाउँ बस्न जोखिमयुक्त छन् ।
बारेकोट गाउँपालिका–६ को नाउली निमयारी, वडा नम्बर ९ को लैखम, वडा नम्बर ५ को तोलखाना, छेडागाड नगरपालिका–२ को डेटकुले, वडा नम्बर ३ को दलितबस्ती, लिवालबस्ती, वडा नम्बर १२ को साँगाचौर बस्ती, वडा नम्बर १३ को बगाहा र शिवालय गाउँपालिका–२ को दुनगारा, वडा नम्बर ३ को सीमा, वडा नम्बर ६ को लुपपाखा, वडा नम्बर ७ को भिउस बस्ती रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मङ्गलबार दर्जनौँ ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ । भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको नगरप्रमुख रावतले बताउनुभयो । ‘पालिकामा फेरि विपद् आएमा राहत सामग्री छैन । यसअघिको भूकम्पमा खर्च भएको रकम अझैँ पालिकाले तिर्न सकेको छैन’ उहाँले भन्नुभयो ।
भूगर्भविद्ले जोखिम भनि औँल्याएका ठाउँबारे पालिकालाई अझैँ जानकारी नदिएको बैठकमा सहभागी जनप्रतिनिधिले गुनासो गरेका छन् । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भूकम्पमा अस्थायी टहरा निर्माणका क्रममा सङ्घीय र स्थानीय सरकारका फरकफरक निर्देशनका कारण काम गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार अस्थायी टहराको दोस्रो किस्ता अझैँ स्थानीयबासीले पाउन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन