
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको २५ लाख रुपैयाँ लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताउनुभयो । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो । शहरी विकास तथा भवन कार्यालयको ५ लाख रुपैयाँमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी त्यही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुङ्गा –५ चिसापानी र जन्तेढुङ्गा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । जन्तेढुङ्गा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाल लगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब ्२ करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताउनुभएको छ ।
पेश्की बापतको ४६ लाख निर्माण सम्द्धव कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९÷८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०र८१ मा भने ् ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । आव २०८१र८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताउनुभएको छ ।
जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्ती जस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुङ्गामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुङ्गामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुङ्गाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापर्वाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुङ्गाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन