
काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विसं २०६९ असार १८ गते स्थापना भएको जिपी कोइराला मेमोरियल कलेजको १३औँ वार्षिकोत्सव समारोहमा सहभागी शिक्षा एवं राजनीतिक क्षेत्रका व्यक्तित्वहरु त्यस्तो जोड दिनुभएको हो । उहाँहरुले नेपाली विद्यार्थीलाई देशमै रोक्न गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरण निर्माण गर्नतर्फ त्यसतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापनाको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्ययनकै लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक विषय यहाँ पढ्न पाउने गरी व्यवस्था गरिने बताउनुभयो । उहाँले सत्ता परिवर्तन जनताका लागि हुनुपर्नेमा जोड दिँदै गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पढ्दै, कमाउँदै, सिक्दै जस्ता कार्यक्रमलाई पनि नेपालमा प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्नेमा लामिछानेको जोड दिनुभयो।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले नेपाली विद्यार्थी स्वदेशमै रोकेर करोडौँ रुपैयाँ नेपालमै उपयोग गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बिना पोखरेल पराजुली, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपकुलपति भूपेन्द्र बस्नेत, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारी लगायतले चाहेको विषय अध्ययन गर्न नपाइ विदेश जान बाध्य हुने विद्यार्थीलाई लक्षित गरी कलेजले विषय व्यवस्थापन गर्न लागेको बताउनुभएको थियो ।
कलेजमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन भइरहेको छ । कलेजमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको प्राध्यापक राजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै