
काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सङ्घकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयो ।
यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपिएफ स्कुल कीर्तिपुरका छात्र आशिष रोकाया, साइजित पाण्डे, अनिष थापामगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।
स्व पाठको स्मृतिमा सिसं ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीद्वारा सामूहिकरुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला सङ्घको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपिएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आइएको छ ।
स्व पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुई वटा एल्बम बजारमा ल्याउनुभएको थियो । गीतसङ्गीतमा रुचि राख्ने पाठक २०६०/६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल तथा आठौँ कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधि समेत हात पारेका थिए ।
गीत लेख्ने, सङ्गीत दिने र आफँै गाउने क्षमता भएका स्व पाठकको प्रतिभालाई अमर राख्नका लागि अक्षयकोष स्थापना गरिएको हो । कर्तव्यपालनाको सिलसिलमा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको सवारी दुर्घटनामा परी उहाँको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन