
झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ ।
नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो ।
नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पु¥याउने दमक–३ स्थित ढुकुरपानी माविलाई एक लाख रुपैयाँ र दमक–१० स्थित सिंहदेवी माविका शिक्षक घनश्याम अधिकारीलाई २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको नगरप्रमुख रामकुमार थापाले जानकारी दिनुभएको छ । उत्कृष्ट विद्यालय र शिक्षकलाई आइतबार एक कार्यक्रमबीच उहाँले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।
त्यस अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दमक–९ को पाणिनी मावि पहिलो, दमक–८ मा को एलाइड बोर्डिङ स्कुल दोस्रो र दमक–१० स्थित सिंहदेवी मावि तेस्रो बनेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः २५ हजार, १८ हजार र १२ हजार रुपैयाँ प्रमप्त गरेका छन् ।
शाखाले विगतका वर्षझै यस वर्ष पनि विद्यालय अध्ययनरत बालबालिकाको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरेको खड्काले बताउनुभयो । प्रतियोगितामा नगरभित्र रहेका समुदायिक र संस्थागत गरी ३६ वटा विद्यालयले सहभागिता थियो ।
कार्यक्रममा नगरभित्रका समुदायिक विद्यालयमा अध्ययनरत ६२ जना विपन्न परिवारका र १३ जना बुहारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै