
काठमाडौँ । रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ ।
सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो । जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे ।
भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह ९एमएस० धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी–२० विश्वकपको ट्रफी दिलाउनुभएको थियो । स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए । बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भन्नुभयो– ‘यो विश्वबाहिरको अनुभूति हो । मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।’
शनिबारको खेलमा आफ्नो म्यान अफ द म्याच उपाधि जितेका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी–२० म्याचबाट सन्यास लिने घोषणा गर्नुभएको छ । पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए ।
गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो । रोहित सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेल्नुभएको थियो भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो ।
त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो । भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन