
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई कार्यान्वयन गर्न काउन्सिल हरदम तयार रहेको बताउनुभएको छ ।
काठमाडौँ आज काउन्सिल र सञ्चारिका समूहले गरेको ‘न्यू मिडिया र पत्रकार महिला : युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तक्रियामा अध्यक्ष बस्नेतले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न सझुाव दिनुभएको थियो ।
पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्रै समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो ।, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकार गर्ने पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राख्नुभयो ।
सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको सुनाउनुभयो ।
सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डितले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उहाँले म्याग संस्थानको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेको तथ्य खुलाउनुभयो । इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिता मूल मर्म भुल्न नहुने बताउनुभयो ।
पत्रकार दीपा रेग्मीले प्रस्तुतीकरणमाथि टिप्पणी गर्नुभएको थियो । अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, पत्रकार अनिता विन्दु, काउन्सिलका अध्यक्ष बस्नेत, नारी मासिकका सम्पादक उपासना घिमिरेले लगायतले न्यू मिडियाका चुनौतीमाथि सामूहिक छलफल गरिएको थियो । पत्रकार कृष्णा पौडेलले सहजीकरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै