
चितवन । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।
किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । समूहले अण्डाको लागत प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेको थियो । गत साताखि किसानले प्रतिक्रेट (३० वटाक) ठूलो चार सय ९५ र मध्यम चार सय ७० रुपैयाँ पाउन थालेका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताउनुभयो । विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेको थियो । त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूल गायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उहाँको भनाइ छ ।
विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान शुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट २ सय ३० थियो । त्यो मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।
उहाँका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेशानै छाडेको अवस्था थियो । उहाँले भन्नुभयो– ‘हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।’
नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताउनुभयो । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उहाँको भनाइ छ ।
हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेशाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उहाले बताउनुभयो ।
चितवन उद्योग सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सङ्गठित भइ प्रधानमन्त्री, मन्त्री, सचिव लगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउनुहुन्छ । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो
उहाँले भन्नुभयो–हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेशा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन