
म्याग्दी । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति शुरु भएको छ ।
विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो सडकको बगरफाँट–दूधेखोला खण्डको ३ किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको ३ सय ९० मिटर सडक ढलान गर्न थालिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले ५ करोड ५९ लाख रुपैयाँको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ । उहाँले भन्नुभयो– ‘आगामी १८ महिनामा बगरफाँटबाट दुधेखोलासम्मको ३ किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको ३ सय ९० मिटर सडक ढलान गर्ने लक्ष्य छ ।’
गण्डकी प्रदेश सरकारले चालु आवमा २ करोड रुपैयाँ यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन १० करोड रुपैयाँको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । यो सडक बेनी नगरपालिकाको वडा नम्बर २ बगरफाँट, वडा नम्बर ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन