
अछाम । यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका–४ का किसान भरतबहादुर विष्ट, फलफूल खेतीतर्फ मेल्लेख गाउँपालिका–६ का वीरबहादुर बोहरा र मसला बाली खेतीतर्फ तुर्माखाद गाउँपालिका–१ का नन्दराम बुढालाई सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जसिराम सहानिले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकृषक रु २० हजारका दरले पुरस्कृत गरिएको हो ।
उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसानमा ऊर्जा हराउँदै गएको कृषकका बुढाले बताउनुभयो । गत वर्ष करिब ४० क्वीन्टल किवी उत्पादन भएको भन्दै उचित मूल्य र बजार नपाउँदा ठूलो नोक्सान भएको उहाँले जानकारी दिनुभयो ।
कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत वस्तु बिग्रन नदिन जिल्लाका प्रत्येक स्थानीय तहमा ‘कोल्ड स्टोर’ निर्माण गर्नुपर्ने उहाँहरुको माग छ । विगत १२ वर्षदेखि तरकारी खेती गर्दै आएको सुनाउँदै अहिले पुरस्कृत हुँदा उत्साहित भएको कृषक विष्टले बताउनुभयो । ठूलो क्षेत्रफलमा २९ वटा प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेको उहाँले भन्दै यसरी कृषक सम्मानित हुँदा प्रोत्साहन थपिएको उहाँको भनाइ छ ।
पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले कृषकको समस्या समाधानका लागि पहल गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानलाई प्रोत्साहन गरेकामा ज्ञान केन्द्रलाई धन्यवाद दिनुभयो ।
व्यावसायिक कृषि पेसालाई सम्मानित बनाउन र कृषकको मनोभावना उच्च राख्न यस्ता रचनात्मक कार्य स्थानीय तहले पनि गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । कृषि पेसालाई जोगाइ राख्न, कृषकलाई आत्मनिरर्भर बनाउन तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गराउन कृषिसम्बन्धी दिगो नीति तथा योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै