
सिद्धार्थनगर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ ।
२१औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुग्नुभएका मुख्यमन्त्री महराले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानको उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा बढाउने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो । “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुर्याउन सरकार र कृषकले सहकार्य गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो,“‘जनआकाङ्क्षा पूरा गर्ने हाम्रो सङ्कल्पः दिगो विकास र सुशासनमात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्न सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ ।”
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्न रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उहाँको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सुनिल स्मृतिका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, पूर्वअध्यक्ष गुणेन्द्र घर्ती र पूर्वउपाध्यक्ष बागमती क्षत्रीनीलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन