
गुल्मी । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर गुल्मीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । एकजना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको र १ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिनुभयो ।
मालिका ६ का वडाध्यक्ष दीपक भण्डारीका अनुसार पहिरोले भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनी सपना विक र विपना विकलाई पुरेको थियो । उनीहरूमध्ये ४ जनाको शव निकालिएको र सुन्तली विकको भने खोजी कार्य जारी रहेको छ ।
गएराति आएको अविरल वर्षाले राती नै पहिरो गएको र जानकारी पाएपछि ईश्मा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली खटिएको एसपी भुजेलले बताउनुभयो ।
यो पनि...
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन