
काठमाडौँ । एशोसिएशन अफ प्रि स्कूल एजुकेटर्स नेपाल (अपेन) ले पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम परिवर्तनको विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा पूर्व प्राथमिक शिक्षा पाठ्यक्रका बिषयविज्ञ डा मीनाक्षी दाहाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहसचिव शालिकराम भुसाल लगायतको सहभागिता थियो ।
छलफल कार्यक्रममा पूर्व प्राथमिक शिक्षामा किताबसहितको सिकाईमा के कस्ता फाइदा हुन्छन् र किताब नहुँदा विद्यार्थीको सिकाई कति प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बृहत् छलफल भएको थियो । पूर्व प्राथमिक तहमा किताब रहित बनाएर शिक्षण सिकाईलाई कसरी प्रभवकारी बनाउन सकिन्छ तथा पुस्तक रहित पाठ्यक्रमलाई कसरी सहज रुपमा प्रशिक्षण गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
समूहगत छलफल कार्यक्रममा सरकारले पूर्व प्राथमिक शिक्षामा किताब आवश्यक हुँदैन भनेर किताब बन्द भयो तर त्यसको विकल्पमा के हुन्छ ? शिक्षकलाई दक्ष बनाउन के कस्ता कार्यक्रम ल्याएको छ ? भन्ने विषयमा छलफलमा सहभागीहरुलाई प्रश्न गरिएको थियो ।
कार्यक्रमका वत्ताहरुले किताबरहित शिक्षामा बालबालिकाको चौतर्फी सिकाई हुने धारणा राखेका थिए । पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिकराम भुसालल बालबालिकाले पुस्तकरहित पूर्व प्राथमिक शिक्षाको प्रभावकारितामा प्रकाश पार्दै बालकालिकाले आफ्नो भाषामा आफूलाई सहज हुने गरी सिकाई व्यक्त गर्न पाउने भएकाले पूर्व प्राथमिक तह पुस्तकरहित शिक्षाका रुपमा विकास गरिनु पर्नेमा जोड दिनुभएको थियो ।
पूर्व प्राथमिक शिक्षा पाठ्यक्रका विषयविज्ञ डा मीनाक्षी दाहालले पूर्व प्राथमिक तहको शिक्षण सिकाईमा पुस्तकको प्रयोग गर्नु भन्दा पनि आधारभूत सिप, पढ्ने लेख्ने क्षमता, अवलोकन क्षमता, विशिष्ट क्षमता, भावनात्मक शिक्षा जस्ता विषयमाको सिकाईका लागि सामाजिक भावनात्मक क्षमताको आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै