
काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एशिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै प्रतिवद्धता जनाएका हुन् ।
बालबालिकाविरुद्धको हुने हिंसा, बाल विवाह, जलवायु परिवर्तनले बालबालिकामा पारेका असर लगायत विषयमा छलफल गरी बालबालिकाको अधिकार सुनिश्चित गरी विद्यमान चुनौती संयुक्त रुपमा समाधान गर्दै जानेमा सबै एकजुट भएको अन्तरक्रियामा सहभागी प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले बताउनुभयो ।
उहाँका अनुसार छलफलमा क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाको अधिकार, बालविवाहको अन्त्य, सचेतना अभिवृद्धिलगायत क्षेत्रमा एकसाथ काम गर्ने ऐक्यबद्धता जनाएका छन् ।
‘विश्वभर करिब ६५ करोड किशोरीहरु १८ वर्षको उमेर नपुग्दै बिबाह गर्ने गरेका छन्, यो सङ्ख्या दक्षिण र दक्षिणपूर्वी एशियामा सबैभन्दा धेरै रहेको तथ्याङ्क छ । दक्षिण एसियामा मात्रै कम उमेरमा विवाह गर्ने युवतीहरु ४५ प्रतिशतको हाराहारीमा छन्’ राष्ट्रिय निर्देशक किशनले भन्नुभयो । अफगानिस्तान, भुटान, बङ्गलादेश, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा यो समस्या धेरै रहेको उहाँको भनाइ छ।
त्यस अवसरमा सेभ द चिल्ड्रेन, चाइल्डफन्ड इन्टरनेशनल श्रीलङ्का, एसओएस चिल्ड्रेन भिलेज नेपाल, टेरे डे होम्स नेदरल्यान्ड्स, टेरे डे होम्स जर्मनी, वर्ल्ड भिजन नेपाल, सीआरसी एशिया, प्लान इन्टरनेशनल लगायत संस्थाका ४० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन