
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताउनुभएको छ ।
डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि शुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उहाँले प्रकृति संरक्षणका लागि वृक्षरोपण आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो व्यवस्थापन, संरक्षणमा बेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षरोपण कर्मकाण्ड पूरा गर्न होइन, यहाँका नागरिकको स्वस्थ जीवन र समृद्धिका लागि हो ।’ सरकारीस्तरबाट गरिएका कार्य ‘क्या राम्रो हुँदा रहेछन्’ भन्ने अनुभूति हुने गरी वृक्षरोपण कार्य गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।
डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं १ बाङगेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षरोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्ष रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । ११ दिने प्रदेश राजधानी वृक्षरोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।
डिभिजन वन अधिकृत श्रेष्ठले २० लाख रुपैयाँमा सञ्चालन हुने कार्यक्रमबाट रोपेका बिरुवाको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’समेत परिचालन गरिने बताउनुभयो । वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै