
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ ।
नगर खोप समन्वय समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गर्नुभयो ।
नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ नगर घोषणा गर्ने तयारी पनि भइरहेको बताउनुभयो । ‘हामी धुलिखेल नगरलाई नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ । त्यसका लागि प्रारम्भिक कार्य शुरु गरिसकेका छौँ । नगर क्षेत्रमा घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताका बारेमा जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने गरी अशक्त, अपाङ्गता भएका, गरिब, दलित, सीमान्तकृत तथा ज्येष्ठ नागरिकका हकमा विशेष व्यवस्था गरी स्वस्थ्य नगर घोषणा गर्न लागिएको हो’ उहाँले बताउनुभयो ।
उपप्रमुख निराजन जङ्गमले स्थानीयवासीको स्वास्थ्य नगरको पहिलो जिम्मेवारी र कर्तव्य भएकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगर क्षेत्रका स्वास्थ्य संस्थाको नियमित अनुगमन, नागरिकमैत्री सेवाका लागि समन्वय र सहजीकरण भइरहेको छ । धुलिखेल विसं २०६४ मा पनि पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरभित्रका एक सय २७ प्रतिशत बालबालिकामा खोप लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम, विश्वविद्यालय तथा अस्पताल, रिसोर्ट तथा अन्य सेवा क्षेत्रमा रहेका नगरबाहिरका २७ प्रतिशत बालबालिकालाई खोप सेवा प्रदान गरिएको छ । ‘१५ महिनादेखि दुई वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको भनेर वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता गरिएको हो । नगरका १२ वडामा हाल त्यो उमेर समूहका ६ सय ४८ बालबालिका रहेका छन्’ केसीले भन्नुभयो ।
यस्तै घोषणा कार्यक्रममा ६० वर्ष उमेर पुगेका १९ महिला स्वास्थ्य स्वयंसेविकालाई २० हजार रुपैयाँसहित बिदाइ गरियो । १५ स्वास्थ्य केन्द्र, २७ खोप केन्द्रमा गरी नगर क्षेत्रमा ६९ जना स्वयंसेविका कार्यरत छन् । आधा घण्टाभन्दा कम पैदल दूरीमा पर्ने गरी स्वास्थ्य केन्द्र स्थापित गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन