
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले ९ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशीलता, सामाजिक अध्ययन र अभिनय सीपसँग सम्बन्धित विभिन्न एक सय २६ किसिमका शिक्षण सिकाइ सामग्री प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभित्र रहेका ३८ प्रारम्भिक बालिविकास केन्द्रमध्ये यसवर्ष १८ वटा विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । बाँकी सिकाई केन्द्रलाई आगामी वर्षमा शैक्षिक सामग्री उपलब्ध गराउने तयारी गरिएको छ । गाउँपालिकाले हरेक बालविकास केन्द्रलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराउँदै आइएको जनाएको छ ।
गाउँपालिकाले विभिन्न १५ वटा आधारभूत विद्यालयलाई डेस्कटप कम्प्युटर वितरण गरेको छ । आधारभूत तहमा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सुदृढीकरण कार्यक्रमअन्तर्गत ६ लाख ५० हजार रुपैयाँबाट कम्प्युटर खरिद गरेर उपलब्ध गराइएको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो । गत वर्ष ७५ प्रतिशत अनुदानमा १० विद्यालयमा एक/एकवटा कम्प्युटर उपलब्ध गराएको थियो ।
पालिकाले विद्यालयको पाठ्यपुस्तकमा अनिवार्य भएको कम्प्युटर विषयको पठनपाठनमा सहजताका लागि कम्प्युटर अभाव रहेका विद्यालय छनोट गरी यसवर्ष निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराएको जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको लागि निःशूल्क सेनेटरी प्याड र डिस्पोजल मेसिन समेत वितरण गरिएको छ ।
चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि विनियोजन भएको ५ लाख ९४ हजार रुपैयाँ बाट पालिकाले १४ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड र प्याडलाई नष्ट गर्ने मेसिन खदिर गरेर उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, वडाध्यक्ष ओमप्रसाद फगामी, शिक्षा अधिकृत कटुवाल लगायतले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई सामग्री वितरण गर्नुभएको थियो । सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पुनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधार र शिक्षण सिकाइमा सूचना, प्रविधिको उपयोग बढाउन जोड दिइएको बताउनुभयो ।
यसैबीच गाउँपालिकाले कोभिडबाट भएको सिकाइ क्षति न्यूनीकरणअन्तर्गत आपूरणीय क्षति र दु्रत सिकाइसम्बन्धी ३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै