
कैलाली । जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई वर्षेनी बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ ।
बर्खा शुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो । पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ ।
सङ्घीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले छ वर्ष पहिलेदेखि भजनी क्षेत्रमा उच्च आवासगृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए ।
धुसीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवासगृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम शुरु भएसँगै स्थानीय खुशी भएका छन् । सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत एक करोड ६६ लाख रुपैयाँ को लागतमा भवन निर्माणाधीन छ ।
जिल्लाका अन्य स्थानमा पनि यस्तै बनेका छन् । ‘त्यसैअन्तर्गत भजनीमा त्यो भवन निर्माण हुन लागेको हो’ कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भन्नुभयो– ‘यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।’ भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ ।
उहाँका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ । ‘सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्नेगरी पुनः १ करोड ५० लाख रुपैयाँ आएको छ’ उहाँ भन्नुहुन्छ– ‘त्यसभन्दा पछि आवश्यकतानुसार दुई तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्नेगरी डिजाइन बनाइदिएका छौँ ।’ भवनको ८० प्रतिशत काम पूरा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन