
काठमाडौँ । यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड” नामक सम्मान तथा पुरस्कार स्थापना गरिएको छ ।
जीवनको लामो समय पत्रकारिता, सञ्चार र साहित्यिक पत्रकारितामार्फत नेपाली समाजको श्रीवृद्धिमा उल्लेख्य योगदान पु-याउने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको हो । सम्मान तथा पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ ।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानको सहकार्य र ८६ वर्षीया उमादेवी आचार्यको सल्लाहमा स्व पिता यज्ञप्रसाद आचार्यको स्मरणमा पुरस्कार स्थापना गरिएको संस्थापक सुरेश आचार्यले जानकारी दिनुभयो । पुरस्कार प्रत्येक दुई वर्षको अन्तरमा प्रदान गरिनेछ ।
स्वर्गिय आचार्यले विसं २००३ मा भाषाशास्त्री गुरूमहानन्द सापकोटाको सल्लाहमा धरानबाट छात्रवाणि पत्रिका सम्पादन गरी पत्रकारिता सुरु गर्नुभएको थियो । उक्त पुरस्कारको निमित्त पुरस्कृत व्यक्ति चयन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी रोटरी डिस्ट्रिक्टलाई प्रदान गरिएको छ ।
पुरस्कारसम्बन्धी सहमतिपत्रमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजु र संस्थापकका तर्फबाट आचार्यले आज हस्ताक्षर गर्नुभएको छ । विसं २०२० मा ‘मुक्तात्मा’ र २०६५ मा ‘फ्यूजनको जगमा शिलान्यास’ कथा सङ्ग्रह प्रकाशन गर्नुभएका स्व आचार्यको ‘निर्वाचनको प्रान्त नेपालको परराष्ट्र नीति’ नामक पुस्तक विसं २०१८ मा प्रकाशन भएको थियो ।
उहाँको अग्रसरतामा धरानमा विसं २०२० मा सामुदायिक विद्युतीकरण, विद्यालयमा निःशुल्क शिक्षालगायत साहित्य र पत्रकारिता जस्ता सामाजिक कार्य अघि बढेका थिए । उहाँको सम्पादनमा विसं २०३९ मा नवजागरण साप्ताहिक प्रकाशित छ । उहाँले विसं २००० देखि २०७० सम्म देश रूपान्तरणको एक साक्षीका रूपमा पुस्तक लेख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन