
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा१ हजार ६ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको छ ।
युवा लगायतका परिषद् गठन गरी दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उल्लेखित सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरबासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरुपले सशक्त बनाइ आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्षजनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताउनुभयो ।
‘सीप सिकेर उद्यम गर्छु भन्नेका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ’ उहाँले भन्नुभयो ।
नगर प्रमुख ब्याञ्जूका अनुसार उद्यमशीलतासहितको सीपमूलका तालिम र सशक्तिकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । हाल नगरको युवा परिषद्द्वारा आयोजित ड्राइभिङ, बेकरी तथा मोबाइल मर्मतसम्बन्धी एक सय ६० घण्टे तालिम सकिएको छ ।
नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ । युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राईभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिबी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तिकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पु¥याउने उद्देश्यले फरक–फरक तालिम आयोजना गरेको बताउनुभयो ।
नगरका तालिमले स्वदेशमा उद्यम गर्न चाहने तथा विदेशमा जान चाहनेका लागि सहज र सरल हुने गरेको छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार आधारभूत तालिमपछि एड्भान्स तालिमको पनि तयारी गरिएको छ ।
यसैबीच जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० जना नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो ।
कार्यक्रमअन्तर्गत नगरले विभिन्न समयमा सिलाइ–कटाइ, गलैँचा बुनाइ, ब्यूटिसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिना तालिम प्रदान गरेको थियो । त्यसैगरी, बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच÷पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । ४० महिलाका लागि एड्भान्स सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको जनाइएको छ ।
‘सीपमूलक तालिमप्राप्त स्थानीयले स्वरोजगार हुनुभएको छ, नगरमा नयाँ उद्यमी थपिएकोमा खुशी छौँ’, नगरप्रमुख टोकबहादुर वाईबाले भन्नुभयो । उहाँले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको एड्भान्स तालिम दिने तयारी भएको बताउनुभयो ।
सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ । नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै