
तनहुँ । वर्षेनी रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ । कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा माग भएअनुरुप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मङ्गलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डिएपी मल एकसाथ वितरण गरिने उहाँले बताउनुभयो । उहाँले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले पनि डिएपी मल पठाइरहेका छौँ, १५ गतेबाट युरिया र डिएपी दुवै मल बिक्री वितरण हुन्छ ।’
कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई एक सय ५० टन युरिया र दुई सय टन डिएपी र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डिएपी वितरण हुने उहाँले बताउनुभयो ।
प्रमुख शर्माका अनुसार युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ । तनहुँका लागि युरिया एक हजार एक सय ४०, डिएपी दुई सय ९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डिएपी एक सय आठ टन र पोटास १७ टन माग छ ।
गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उहाँले बताउनुभयो । गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन् ।
कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले त्यही अनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिनुभएको छ । गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन