
झापा । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा ३ करोड ४७ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।
चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार ९ सय ५७ कार/जिपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार ७ सय ४१ मोटरसाइकल चालक, ९ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायव निरीक्षक गौतमले बताउनुभयो ।
यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । त्यस अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायव निरीक्षक गौतमले बताउनुभयो ।
सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप/कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन