
सुर्खेत । निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी(सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । सडक अवरुद्ध भएका कारण चौरजहारी(सल्लीबजार आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।
सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो । सडकमा खसेको ढु्ङ्गामाटो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग समेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन