
पाल्पा । पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले २ लाख २९ हजार २ सय १९ रुपैयँँ रकम सहयोग गरेको हो ।
समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताउनुभयो । पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिनुभएको छ ।
नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न सङ्घसंस्था, व्यक्तिबाट गरी हालसम्म ३५ लाख ४६ हजार १ सय ५८ रुपैयाँ सङ्कलन भइसकेको अध्यक्ष कार्कीले बताउनुभयो । बिरामीलाई आवश्यक पर्ने रगत आफन्त विभिन्न व्यक्ति, सङ्घसंस्थासँग आग्रह माग्नुपर्ने अवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन