
मनाङ । हिमाल पारिको जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न ५ वटा सहायता कक्ष स्थापना गरिएको हो ।
मनसुनजन्य विपदको समयमा उद्धार र राहतकालाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
उहाँले भन्नुभयो– ‘मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र हो । यहाँ कुनै विपद आउनासाथ उद्धार र राहतका कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्ने भूमिका खेल्नेछ ।’ जिल्ला विपद सहायता कक्ष एक, चार वटा पालिकामा एक÷एक गरी पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
प्रजिअ लामिछानेले जिल्लाका सम्पूर्ण कार्यालयलाई जनशक्ति, उपलब्ध स्रोतसाधन तथा सवारीसाधन विपदको समयमा परिचालन गर्ने गरी पूर्व तयारी अवस्थामा राख्न निर्देश गरिएको बताउनुभयो ।
विसं २०७८ असार १ मा आएको बाढीपहिराका कारण निजी आवास पूर्णरुपमा क्षति लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय समेत भएको छ । मनसुनजन्य विपदमा परी निजी आवास पूर्णरुपमा क्षति भएका नासों गाउँपालिका–३ निवासी डिमान सिंह गुरुङलाई निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम अन्तिम किस्ता वापतको रकम १ लाख ७५ हजार रुपैयाँ व्यक्तिगत खातामा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनको तयारीमा रहेको छ ।
नासोँ गाउँपालिकाका सम्पूर्ण वडा, चामेका ३, ४, ५ वडा, मनाङ ङिस्याङका १, ४, ५ नम्बर वडामा विसं २०७८ जेठ १४ र असार १ मा भएको वर्षापछि आएको बाढी पहिराले क्षति पुर्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन