
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आउँदो मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।
मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभएको छ ।
असार १३ गते बस्ने प्रदेशसभाको बैठकमा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयअन्तर्गत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुहुने एवं विनियोजित बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रवक्ता गुप्ताले बताउनुभयो ।
यसअघि गत असार ७ गते बसेको प्रदेशसभा बैठकमा बजेटसम्बन्धी छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन