
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको कार्यक्रम कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको १५औँ गाउँसभामा शुक्रबार गाउँपालिका अध्यक्ष राजु थापाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्रथामिकता राखेर प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकले आर्थिक, सामाजिकस्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक विकासका लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । काठेखोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत स्थान्नीय गोरु संरक्षणका लागि अनुदान दिइनेछ भने हरेक वडामा वडास्तरीय भेटेरिनरी माइनर ल्याब स्थापना गरिने छ । नीति तथा कार्यक्रममा काठेखोला कोसेलीघर सञ्चालनमा ल्याउने उल्लेख छ ।
पालिकाभित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामग्री सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले काठेखोला कोसेलीघर सञ्चालन गरिने उल्लेख छ ।
त्यस्तै पालिकाभित्रका खानी उत्खननका लागि अनुसन्धान गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी स्रोत जुटाउन आवश्यक पहल गरिने, वडा नं १ मा हाटबजार स्थापना गरिने, पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसका लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा पेस गरिएको छ । आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गर्नुभएको थियो । सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन