
सिन्धुपाल्चोक। जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ ।
गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एवं लिपिविज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यकाअनुसार इन्द्रावतीको महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पुस ५ मिति अङ्कित शिलालेखमा राजाको नाम भने छैन ।
“काठमाडौँ उपत्यका बाहिर फेला परेको यस अभिलेखको विशेष महत्व छ”, आचार्यले भन्नुभयो । उक्त अभिलेखबाट लिच्छविकालमा राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पस्द अवसानको सूचना प्राप्त भएको उहाँको भनाइ छ ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महादेवटारमा लिच्छविकालीन अभिलेख भेटिँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्व विभागमार्फत पहल थालिसकेको र उत्खननका लागि गाउँपालिकाले बजेटसमेत व्यवस्थापन गरेको बताउनुभयो ।
इन्द्रावतीका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भन्नुभयो, “सम्पदा र संस्कृति, जात्रा परम्परामा हामी अब्बल थियौँ, लिच्छविकालीन प्रमाण नै भेटिएपछि सबै प्रफुल्ल भएका छौँ ।”
हिमवत्खण्ड मिडिया प्रालिका प्रमुख श्रीकृष्ण धिमालले अनुसन्धानका क्रममा लिच्छविकालीन अभिलेखसँगै मल्लकालीन, शाहकाल र राणाकालसम्मका अभिलेख फेला पारेको बताउनुभयो । उहाँले लिच्छविकालीन सरस्वतीको मूर्ति पनि भेटिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन