
लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कम्प्लेक्सका सञ्चालकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ । आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताउनुभयो ।
मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी शुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोशाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताउनुभयो । पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ ।
आगलागी नियन्त्रणधका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १३ बारुणयन्त्र परिचालन गरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन