
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको मुहानस्थल बाग्द्वार क्षेत्रका मठ मन्दिरमा एक दशकअघिदेखि पूजा, आराधना गर्दै आउनुभएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने बाग्द्वारमा सत्यानन्द शिवाचार्यले पूजा आराधना गर्दै आउनुभएकामा निकुञ्जले निकाल्न लागेकाले विरोध गर्नुपरेको स्थानीयवासी एवं बिपी सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी दिनुभएको छ ।
निकुञ्जभित्रको अप्ठ्यारो ठाउँमा बसेर नित्य पूजा गर्ने सन्तलाई हटाएर निकुञ्ज प्रशासनले सनातनकालदेखि चलिआएको परम्परा मास्न खोजेको भनी स्थानीयवासी सम्मिलित एक समूह त्यस सन्दर्भमा यथार्थ बुझ्न हालै बाग्द्वार पुगेको थियो । बाग्द्वार पुगी बुझ्दा नित्य पूजा गर्दै आएका शिवाचार्यलाई त्यहाँबाट निकाल्नका लागि प्रक्रिया शुरु भएको भन्ने जानकारी प्राप्त भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
स्थानीय हेमन्तकेशर पण्डितले करिब दुई दशकअघि त्यही ठाउँमा नित्य पूजा गर्ने टोड्के बाबाका नाममा परिचित पुजारीले आश्रम भन्दै निकुञ्जबीचमा होटल चलाउँदा पनि निकुञ्ज प्रशासनले उनैलाई विश्वास गरी नित्य पूजामा संलग्न शिवाचार्यलाई निकाल्न खोज्नु खेदजनक विषय भएको भनी दुःख व्यक्त गर्नुभयो ।
निकुञ्जका सूचना अधिकारी शिवलाल गैरे मुख्य निकुञ्ज क्षेत्रमा भवन र मानिस नराख्ने नीतिअनुसार सबैलाई हटाउन खोजिएको बताउनुहुन्छ । शिवाचार्यलाई हटाउन जेठ तेस्रो साता सहमति भई कागज गराएको उहाँले दाबी गर्नुभयो ।
टोड्के बाबाले होटल चलाएको विषयमा सूचना प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी डा गणेश पन्त बताउनुहुन्छ । टोड्के बाबाले निकुञ्जभित्र चलाएको होटलमा मानिस राति समेत बस्न थालेको भन्ने जानकारी प्राप्त भएपछि त्यहाँको संरचना हटाउन लागेको उहाँले स्पष्ट गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन