
बाँके । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।
गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पुर्याउनै समस्या भइरहेको उहाँले बताउनुभयो । ‘रक्तसञ्चार केन्द्रमा विभिन्नरुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात छ’ उहाँले भन्नुभयो– ‘खासगरी चाडपर्व र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गर्दछ ।’
रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीका अनुसार रक्तदानका भरमा रहेको ब्लड बैंकमा मागअनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपरेको छ । ‘आवश्यक रगत मौज्दात नहुँदा बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ’ उहाँले भन्नुभयो– ‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा र बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमितरूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । ठूलो घटना वा दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाइ छ ।
रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगञ्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगञ्जस्थित ब्लड बैंकमा हाल ३ हजार पिन्टभन्दा बढी रगत मौज्दातको क्षमता विस्तार भए पनि त्यसअनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताउनुभयो ।
नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा १६ हजार ७ सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९र८० मा १८ हजार सात सय ५७ पिन्ट रगत वितरण गरेको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्र जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन