
काठमाडौँ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले स्थापनाको २५ औँ वार्षिकत्सव मनाएको छ । किर्डाक नेपालले शुक्रबार काठमाडौँमा लालटिन जुलुशसहित विविध कार्यक्रम आयोजना गरी २५ औँ वार्षिकत्सव मनाएको हो ।
कर्णालीले भोग्नु परेको विभिन्न खाले समस्याप्रति सरकारलाई घच्घच्याउने उदेश्यले शुक्रबार बिहान काठमाडौँको भद्रकालीबाट शुरु भएको लालटिन जुलश बसन्तपुरमा पुगेर कोणसभा गरी समापन गरिएको थियो । शान्तिपूर्ण लालटिन र्याली शुभारम्भ गर्दैै किर्डाक नेपालका संस्थापक अध्यक्ष मीनबहादुर शाहीले २५ वर्षअघि कर्णालीको अवस्था स्मरण गराउनुभयो ।
किर्डाक नेपाल सन् १९९९ मा स्थपाना भएको हो । संस्थापक अध्यक्ष शाहीले ‘अन्यायविरुद्ध उभिएको सशक्त सामाजिक आन्दोलनबाट’ किर्डाक नेपालको स्थापना गरिएको उल्लेख गर्नुभयो । ‘कर्णालीमा त्यसबेला समयमै उपचार नपाएर वर्षेनी ५ सय जना भन्दा बढीले अकालमै जीवन गुमाउनुपर्ने अवस्था थियो । कर्णालीको त्यस्तो दुर्रावस्था तत्कालीन सरकारले देखेन, सुनेनन’ उहाँले भन्नुभयो– केन्द्रिकृत राज्य व्यवस्थाले कर्णालीलाई बेवास्था गरेपछि, अन्य ठाउँको तुलनामा कर्णाली विकासमा निर्कै पछाडि परेपछि तत्कालीन सरकारलाई घच्घच्याउन त्यसबेला हामीले लालटिन जुलुश नै गरेर किर्डाक नेपालको स्थापना गरेका थियौँ, आज २५ औँ वार्षिकत्सवमा लालटिन जुलुशको माध्यमबाट कर्णालीका समस्या अवगत गराएका छौँ ।’
संस्थापक अध्यक्ष शाहीले किर्डाक नेपाल द्वन्द्वकाल समेत शान्ति र विकासको लागि क्रियाशील रहेको स्मरण गराउनुभयो । ‘नेपालको द्वन्द्वकालमा किर्डाक नेपालले शान्ति स्थापना, सद्भाव, समानता र दिगोपनामा महत्वपूर्ण योगदान पु-याएको छ’ उहाँले भन्नुभयो – ‘किर्डाक नेपालले शान्ति निर्माण र विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै समुदायलाई एकतावद्ध गर्न र सामाजिक सद्भाव प्रवद्र्धनम गर्न कडा परिश्रम गर्दै आएको छ । किर्डाक नेपालले महिला तथा बालबालिकाको हकहितका लागि दृढ वकालत गर्दै आएको छ । लक्षित कार्यक्रममार्फत किर्डाक नेपालले महिलालाई शिक्षा, व्यावसायिक प्रशिक्षण र नेतृत्व कौशलको साथ सशक्तिकरण गरेको छ ।’
जलवायु परिवर्तनको सामना गर्दै, संस्थाले जलवायु न्याय, पर्वतीय एजेन्डालाई वातावरण संरक्षण र दिगोपन लाई बढावा दिने नीति र अभ्यासको वकालत गर्दै आएको किर्डाक नेपालले जनाएको छ । शान्तिपूर्ण र्याली समापन गर्दै कर्डाक नेपालका अध्यक्ष गोविन्दबहादुर शाहीले विपद् र मानवीय प्रतिकार्य प्रयासले प्राकृतिक विपत्तिको समयमा संसथाले महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको बताउनुभयो । किर्डार्क नेपालले विभिन्न समुदायलाई पुनर्निर्माण र पुनरुत्थानगर्न मद्दत गरेको उहाँको भनाई छ । उहाँले २५ वर्षे यात्रामा किर्डाक नेपाल सबै समुदायको हकहितको साथै मानव अधिकारको प्रवद्र्धन सक्रिय हुँदै फड्को मार्दै गएको उल्लेख गर्नुभयो । शान्तिपूर्ण लालटिन र्यालीमा गैरसरकारी संस्था महासंघका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मी गरी ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
कर्णालीको विकास र हकशितकौ साथै मानव अधिकारको पक्षमा क्रियाशील हुँदै आएको कर्डार्क नेपालले ४ हजार ५ सय स्थानीय सामुदायिक संगठनलाई बढावा दिएको छ ।
किर्डाक नेपालले रजतउत्सवको अवसरमा संस्थालाई २५ वर्षदेखि निःशर्त सहयोग गर्ने संघीय सरकार, प्रदेश र स्थानीय सरकार, संयुक्त राष्ट्रसङ्घका निकाय, विकास साझेदार, नागरिक समाज, सङ्घसंस्था, समुदाय मिडिया र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन