
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा फोहर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ निर्माण गरिएको छ ।
नेपाल पर्यटन बोर्ड, गाउँपालिका र उपभोक्ता समितिको साझेदारीमा धार्चे–५ माछीखोलामा ‘डम्पिङ साइट’ निर्माण गरिएको हो । माछीखोला बजार क्षेत्रको वातावरणीय स्वच्छता जोगाइराख्न, प्रदूषणका कारण स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न पालिकाले फोहर व्यवस्थापनको पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । साइट निर्माण गर्न ७ लाख ८७ हजार ३ सय ८२ रुपैयाा खर्च भएको उहाँले जानकारी दिनुभयो ।
‘गाउँपालिकाले ४ लाख २० हजार, नेपाल पर्यटन बोर्डकातर्फबाट २ लाख ८० हजार र उपभोक्ता समितिकोतर्फबाट ८७ हजार ३ सय ८२ रुपैयाँको लागत साझेदारीमा ‘डम्पिङ साइट’ निर्माण भएको हो’ अधिकृत सुनारले भन्नुभयो, ‘यसले माछीखोला बजार र आसपासका क्षेत्रबाट निस्कने फोहर व्यवस्थापनमा सजिलो हुने भएको छ ।’ माछीखोला बजारमा सङ्कलन भएको फोहर डम्पिङ साइटमा लगेर विर्सजन गर्न थालिएको उहाँको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार बजार क्षेत्रका सर्वसाधारणलाई गाउँपालिकाले फोहर सङ्कलन गर्न ‘डस्टविन’ उपलब्ध गराएको छ । उहाँले भन्नुभयो– ‘सङ्कलित फोहर पालिकाले तालिका बनाएर विसर्जन गर्न शुरु गरेको छ ।’
यसअघि फोहर विसर्जनका लागि उचित स्थान नहुँदा माछीखोला बजार र आसपासबाट निस्कने फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । गाउँपालिकाले पछिल्लो समय हरेक हप्ता माछीखोला बजारमा सरसफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन