
चितवन । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा २ सय ३ वटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका २ सय ४७ अण्डाबाट १ सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट ५ गरी २ सय तीन गोहीका बच्चा कोरलिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा ८ गुँडबाट सङ्कलन गरिएका २ सय ४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए । आर्थिक वर्ष २०७९/८० मा दुई सय ५९ अण्डाबाट दुई सय २२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८÷७९ मा पाँच सय ६३ अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन केन्द्रमा सात सय ७३ गोही रहेका छन् । तीमध्ये २० र ४६ वर्षका २ भाले छन् ।
आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा २ सय ६५ वटा गोही देखिएका थिए । तीमध्ये ६ वटा भाले रहेको तिवारीले जानकारी दिनुभयो । नदी किनारमा जोखिममा रहेका गुँडबाट सङ्कलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ ।
यस आवमा राप्ती नदीमा १ सय ५ वटा गोही छाडिएको छ । प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । विसं २०३५ मा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म १ हजार ९ सय ५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन् ।
सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा १ हजार २ सय दुई, नारायणीमा ४ सय १९, बबईमा १ सय १०, सप्तकोशीमा १ सय १५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका जानकारी दिनुभएको छ ।
नदीमा छोडिएका भन्दा कम सङ्ख्यामा गोही हुनुको कारण पानीको बहाबसँगै बगेर जाने र मर्नेलगायत विभिन्न कारण रहेका उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन