
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा मानव–पशु अलग घर निर्माण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
पुस्तौदेखि एउटै घरको भुइँ तलामा पशु चौपाया र माथिल्लो तलामा मानिस बस्दै आएकामा गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी निर्वाचित भएलगत्तै मानव–पशु अलग घर कार्यक्रम ल्याउनुभएको थियो । अहिले पालिकाका अधिकांश ठाउँमा मानव–पशु अलग घर निर्माणकार्य जारी रहेको छ ।
हालसम्म ९५ पशु घर निर्माण भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिनुभएको छ । शुरुमा पाँच भैँसी हुने किसानलाई उक्त पशु घर निर्माण गरिएको थियो भने आगामी वर्षमा तीनदेखि पाँचसम्म भैँसी हुने किसानका लागि पशु घर निर्माण गरिने उहाँको भनाइ छ । पालिकाभित्र पशुपालन गरेर दैनिक गुजारा चलाइरहेका किसानलाई पशु घर निर्माणको कार्यक्रमले समेट्ने गरेको उहाँले बताउनुभयो ।
स्थानीय स्रोत साधन प्रयोग गरेर पशु घर निर्माण गरिएका हुन् । पशु घर निर्माणले पशु चौपायाको स्वास्थ्य राम्रो हुनुका साथै मानवको स्वास्थ्यलाई समेत सघाउ पुग्ने उहाँको अपेक्षा छ । आर्थिक अभावका कारण मानव र पशु चौपाया एकै ठाउँमा हुँदा स्वास्थ्यमा समस्या आउने गरेकाले आफूहरूले पहिलो काम यही गरेको अध्यक्ष गिरीले बताउनुभयो । गाउँपालिका र प्रदेश सरकारको लगानीमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।
पालिकाभरि निश्चित मापदण्डका आधारमा पशु चौपायाको अलग घर निर्माण कार्य हुँदै आएको छ । पशु चौपाया पालनका हिसाबले बारेकोट पहिलो नंमा पर्छ । वर्षायाममा पाटन क्षेत्रतिर चरिचरनका लागि लिने गरिन्छ भने हिउँदमा घरमा ल्याएर पालन गरिँदै आएको छ । यो कर्णालीकै नयाँ कार्यक्रम पनि हो । भूकम्पका कारण केही संरचनामा क्षति भए पनि फेरि मर्मतको काम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन