
जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो ।
समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका– १ का स्थानीय किशोर रावतले जानकारी दिनु भएको छ । ‘पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यन्न सङ्कट आउने अवस्थाको परिस्थिति रहेको छ’ उहाँले भन्नुभयो ।
गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिकाका बासिन्दा बताउँछन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेका छन् । विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवालाई खडेरीले निकै क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।
हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौँलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका–४ का किसान रतन रोकायाको भनाइ छ । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यस वर्ष जिल्लामा खाद्यन्न बालीदेखि स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ बीमाको महत्त्वबारे जानकार भएपछि जिल्लाका आठ वटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पन्नीको जिल्ला शाखाले जनाएको छ ।
पानी अभावले रोपाइँमा समस्या
असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिनुभयो ।
सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन