
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । १० वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।
प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण शुरु हुने चरणमा छन् ।
प्रदेश सरकारको आगामी आव २०८१र०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले ‘स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ भन्नुभयो ।
पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताउनुभयो । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन शुरु गरेको उहाँले सुनाउनुभयो ।
‘हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईवस्तुपालन हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘पछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।’ प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । उहाँले पुल बनाउन जग्गादान गर्नुभएको थियो ।
खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत ९१ लाख रुपैयाँको लगानीमा पुल बनेको हो । तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन